काठमाडौँ। “सम्बन्ध तपाईं हाम्रो वीचको होस् या परिवार वीचको या निर्माण सामाग्री वीचको, पकड, मजबुत अनि अटूट हुनु पर्छ । ”यहि सोचका साथ विभिन्न समयमा विभिन्न कार्यक्रम मार्फत आफना ग्राहक तथा विक्रेताहरु माझ प्रस्तुत हुँदै आएको SARBOTTAM CEMENT ले बि.स.२०७९ साल नयाँ वर्षको उपलक्ष्यमा नेपाली हास्य कलाक्षेत्रमा आफनो कलाकारिता प्रस्तुत गर्दै आएका कलाकर्मी तथा टेलिभिजन कार्यक्रम what the flop ! का निर्माता तथा प्रस्तोता सन्दिप छेत्रीलाई साथमा लिएर SARBOTTAM CEMENT यति बेला नयाँ वर्ष २०७९ को शुभकामना आदान प्रदानका साथै आफना उत्पादनका विक्रेताहरुलाई सहयात्री स्वरुप विभिन्न उपहारहरु वितरण कार्य गर्दै विशुद्ध एवं स्वच्छ मनोरञ्जनात्मक कार्यक्रम MR HAPPY TOUR 2079 को सञ्चालन गर्दै साताव्यापी दौडाहमा रहेको छ ।
आफनै चुनढुंगा खानीको चुनढुंगा प्रयोग गर्दै प्राकृतिक वातावरणमा विशेष ध्यान पुर्याउदै सहित स्व उत्पादित विद्युत स्रोतको प्रयोग गरी ४३ ग्रेड र ५३ ग्रेडका सिमेन्ट उत्पादन तथा वितरण गर्दै आएको यस संस्थाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लाखौका लागि रोजगारी सृजना समेत गर्दै आएको छ । सिमेन्ट उत्पादन प्रबिधिमा देश मै पहिलो पटक VRM (Vertical Roller Machine) Technology प्रवेश गराउन SARBOTTAM CEMENT पहिलो कम्पनी हो । सिमेन्टको उत्पादन तथा प्रयोग आम नेपालीले बुझ्नन जरुरी रहेको यर्थाथलाई मध्ये नजर गर्दै सामाजिक सचेतना मूलक कार्यक्रम सञ्चालन गर्ने क्रममा,, MR HAPPY TOUR 2079 सञ्चालन गरेर आफ्नो उत्पादनका बारेमा विक्रेता तथा आम ग्राहकहरुको राय सुझाव संकलन कार्य गरिरहेकोे छ ।
गत २०७९ साल बैशाख ३ गते शनिवारका दिन पोखराका चिप्लेढुंगाबाट शुरु भएको MR HAPPY TOUR 2079, भैरहवाको बुद्धचोक, परासीको परासी बजार, चितवनको नारायणी तीर, वीरगंजको शहिद पार्क, घण्टाघर, गौरको वि पी चोक हुँदै यहि शुक्रबार साँझ ५ बजे मिथिला नगरी जनकपुरको जानकी मन्दिर प्रांगनमा सञ्चालन हुँदै सम्पन्न हुनेछ । स्थानिय एफ एम रेडियोहरु माछापुच्छ्र्रे एफ एम (पोखरा), टिनाउ एफ एम (बुटवल), रेिडयो सन्देश (परासी), सिनर्जी एफ एम (नारायणगढ), रेडियो बिन्दास (वीरगञ्ज), रेडियो रौतहट(गौर) र रेडियो मिथिला (जनकपुर) अफिशियल मिडिया रहेको यस MR HAPPY TOUR 2079लाई सम्पूर्ण एफ एमका साथै आ आफना वेभ साइट तथा फेसबूक मार्फत प्रत्यक्ष प्रसारण गरेर कार्यक्रमको पहुँचलाई विश्वव्यापी रुप दिने कार्य समेत भएको छ ।