×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबारदेखि निर्माणको कार्य ठप्प हुने, निर्माण होलिडे मनाउने व्यवसायीको निर्णय

PRIME CA
GLOBAL IME BANK

आइतबारदेखि निर्माणको कार्य ठप्प हुने, निर्माण होलिडे मनाउने व्यवसायीको निर्णय

८ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आइतबारदेखि निर्माणको कार्य ठप्प हुने भएको छ । बजारमा निर्माण सामग्रीमा अत्यधिक मूल्यवृद्धि भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आइतबारदेखि निर्माण होलिडे मनाउने घोषणा गरेको हो । व्यवसायीहरूले केहि समयदेखि निर्माण होलिडे मनाउने तयारी गरिरहेको थियो । तर सरकारले व्यवसायीलाई आश्वासन मात्रै दिएको सम्बोधन नभएको कारण आइतबारदेखि निर्माण होलिडे मनाउने व्यवसायीहले बताएका छन् ।

महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामग्रीको मूल्य ३ गुणासम्म बढेकाले काम गर्न नसक्ने बताएका छन् ।चालु अवस्थामा देशभर ८ हजार आयोजना सञ्चालन अवस्थामा छन् । त्यसमध्ये २७ सय म्याद थप भएको आयोजना छन् । विगतको दिनमा ९० रुपैयाँ डण्डीको मूल्य हुँदा ठेक्का गरेको आयोजनामा अहिले डण्डीको मूल्य १३० देखि १३५ रुपैयाँ पुगेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: