Skip to content
LAXMI SUNRISE BANK

सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै कुमारी बैंकमा लाग्यो ताला, सेवा प्रवाह बन्द हुँदा सेवाग्राही मर्कामा

अर्थ सरोकार

काठमाडौं । कुमारी बैंकमा जनप्रतिनिधिले ताला लगाएका छन् । सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै जनप्रतिनिधिले भंगहाको सीतापुर बजारस्थित बैंकको शाखामा ताला लगाएका हुन् । महोत्तरीको भंगहा नगरपालिका मेयर संजिव कुमार साहले कुमारी बैंकको शाखा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

भंगहा नगरपालिकाबाट खातामा जम्मा गरेको समाजिक सुरक्षा भत्ता चार महिनासम्म पनि वितरण नगरेको हुनाले नगरपालिका मेयर संजिव कुमार साहले बैकमा लाता लगाएका हुन् । बुधबार दिउँसो बैंकमा ताला लगाएपछि बैंकको सेवा प्रवाह बन्द भएको छ । जस कारण सेवाग्राहीले सास्ती भोग्नु परेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK