Skip to content
LAXMI SUNRISE BANK

खल्तीले ल्यायो ५० रुपैयाँमा ‘वान प्लस १० प्रो’ जित्ने अफर, यस्ता छन् विशेषताहरु

अर्थ सरोकार

काठमाडौँ । खल्ती डिजिटल वालेटले मात्र रू. ५० मा रू.१,३५,००० बराबर को ‘वान प्लस १० प्रो’ जित्ने अफर ल्याएको छ। यसका सथै रिचार्ज गर्ने एक जना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स जित्ने मौका पनि पाउनेछन् ।प्रयोगकर्ताहरुले यस अफरमा सहभागी हुनका लागि खल्ती एपको ‘फिचर्ड सर्भिसेस’मा गएर “खल्ती मा वान प्लस १० प्रो” बाट मात्र रू. ५० को रिचार्ज गर्नुपर्ने छ। त्यो रकम राखिएको नम्बरमा रिचार्ज हुनेछ। जित्ने सम्भावना बढाउनका लागि प्रयोगकर्ताले कुनै पनि मोबाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सक्नेछन। अन्तिममा एक जना भाग्यशाली बिजेताले प्राप्त गर्न सक्नेछन ‘वान प्लस १० प्रो’ साथै दैनिक एक जना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स जित्नेछन्।

अफरमा सहभागी हुन भने केवाईसी (KYC) भेरिफाइड अनिवार्य छ। केवाईसी भेरिफाइड नभएका प्रयोगकर्ताले पनि सजिलै केहि मिनेटमै केवाईसी भेरिफाइड गराएर अफरमा सहभागी हुन् सक्नेछन्। यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “यसअघि, हामीले रु. ५० रिचार्जमा आइफोन १३ जित्ने अफर पनि ल्याएका थियौ र प्रयोगकर्ताहरू माझ हाम्रो धेरै लोकप्रिय बन्न पुगेको थियो। त्यसैले, डिजिटल भुक्तानीप्रति प्रयोगकर्ताहरूको उत्साह बढाउन हामी फेरि ‘खल्तीमा वनप्लस १० प्रो’ अफर लिएर आएका छौं।” यो अफर ८ बैशाख देखि सुरु हुदैँ जेष्ठ २१, २०७९ सम्म लागु हुनेछ। खल्ती मा वान प्लस १० प्रो” को बिजेताको घोषणा क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक लाइभमा लक्की ड्र मार्फत गरिनेछ। भर्खरै स्टार्ट–अप सक्सेस अवार्डबाट सम्मानित, खल्ती आफ्नो सेवाको छैठौं वर्षमा छ। नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गर्न सफल भएको छ ।

देशभर २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरु साथमा ४० हजार + एजेन्ट नेटवर्कको प्रयोगकर्ताहरू बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि यी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ। www.khalti.com/app बाट खल्ती डाउनलोड गर्न सकिन्छ। थप जानकारीको लागि, कृपया यस संयोजक – आकृती शर्मालाई [email protected] मा इमेल गर्न सक्नेछन्।

 

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK