Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजानिक, ११.९९% ले बढ्यो खुद नाफा

अर्थ सरोकार

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको बनेपा स्थित कर्पोरेट कार्यालय रहेको यस एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले यस आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्त क्षेत्रमा शाखा संजाल विस्तारमा पहिलो स्थान ओगटी सकेको यस संस्थाको अधिकांश वित्तीय परिसूचकहरू उत्साहजनक रहेको छ । वित्तीय संस्थाले तेस्रो त्रैमास सम्ममा कुल लघुकर्जा रकम रु. २२ अर्ब ९९ करोड ७१ लाख पुर्याउन सफल भएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमास अवधिमा संस्थाको स्व–पुँजीमा प्रतिफल (आरओई) वार्षिक २१.०४% रहेको छ भने वार्षिक रु. ३६.९१ प्रति शेयर आम्दानी (EPS) आर्जन गर्न सफल रहेको छ जुन गत आ.व को सोही अवधिको तुलनामा लघुवित्तको प्रति शेयर आम्दानी (EPS) १२.७०% ले बढी हो । यस वित्तीय संस्थाले समिक्षा अवधिमा रु. ४७ करोड ८४ लाख खुद मुनाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.९९% ले बढी हो । यो त्रैमास सम्ममा संस्थाले बचत परिचालन तर्फ रु.३ अर्ब ३३ करोड ८२ लाख पुर्याउ सफल भएको छ । यस विषम परिस्थितिमा समेत वित्तीय संस्थाले लघुकर्जा असुलीमा प्रभावकारी रुपमा आाफ्नो स्रोत तथा साधनको परिचालन गरी उत्साहजनक नतिजा हाँसिल गर्न सफल भई निष्कृय कर्जालाई १.४६% मा सिमित राख्न सफल भएको छ ।वर्तमान तरलता संकटको अवस्थामा समेत संस्थाले समीक्षा अवधिमा लघुवित्तको गत आ.व को सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी १९.०१% र सञ्चालन मुनाफा २१.६७ % ले बढेको छ । त्यसैगरी, जगेडा कोष ६४.९३%, बैँक तथा वित्तीय संस्थाबाट सापटी २७.०२%, ले बढेको छ ।

यस वित्तीय संस्थाले आफ्नो रणनिति अनुरुप नवीनतम् प्रबिधिलाई जोड दिदै संस्थाको दैनिक कृयाकलाप तथा सेवाग्राही सदस्यहरुलाई परिस्कृत सेवा प्रवाह गर्दै आईरहेको छ । जस अनुसार ई–सेवा मार्फत रकम भुक्तानी तथा आर्थिक कारोबारहरुको जानकारी एस.एम.एस (SMS) मार्फत हुने प्रणाली सुचारु भईसकेको छ । त्यस्तै संस्थाले नयाँ उत्पादनमूलक,उद्यमशीलता तथा अनुसन्धानात्मक क्षेत्रहरुमा लगानी एवं अवसरहरुको निरन्तर खोजी गरिरहेको छ । वित्तीय संस्थालाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा यस वित्तीय संस्थाले मुलुकभर ७४ जिल्लामा २८५ शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । यस वित्तिय संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानिय तहहरुलाई प्राथमिकतामा राखेको छ ।

यस त्रैयमासको अन्त्य सम्ममा वित्तीय संस्थाले कुल १,८९,५९९ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ । राष्ट्रिय स्तरको अग्रणी लघुबित्त संस्थाको रुपमा छोटो अवधिमै आफुलाई स्थापित गर्न सफल यस संस्थाले उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जा लाई प्राथमिकतामा राखि बैंक तथा वित्तीय संस्थाहरुको न्युन उपस्थिति रहेको दुर्गम जिल्लाहरु कालिकोट, बझाङ, बाजुरा, अछाम, दार्चुला ,मुगु तथा डोटी, जुम्ला, डोल्पा, जाजरकोट, सल्यान जस्ता जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK