Skip to content
LAXMI SUNRISE BANK

पेप्सीले नेपाली उपभोक्ताहरुलाई यो गर्मी मौसममा स्वाएगसंगै रिफ्रेस गराउने

अर्थ सरोकार

काठमाडौं।  यो गर्मीमा पेप्सीले नेपालका युवाहरुलाई आफ्नो नयाँ प्रचार अभियान जसले ब्राण्डको स्वाएग दर्शनलाई पुनःदर्शाउँछ, त्यसको साथमा प्रेरित गर्न सम्पूर्ण तयारी गरेको छ । पेय पदार्थ ब्राण्डले सुपरस्टार तथा ब्राण्ड सद्भाव दूत प्रदीप खड्का अभिनित एक बहुरङ्गी टिभिसि विज्ञापन अनावरण गरेको छ, जुन विज्ञापनले पेप्सीको पहिचान स्वाएगका साथमा प्रदीप खड्काको रमाइलो पक्ष र चतुर्याईलाई प्रस्तुत गरेको छ ।

यो नयाँ विज्ञापन पनि हर घुँटमा स्वाएग छ कै विस्तारित रुप हो र यसले पेप्सी सद्भाव दूत प्रदीप खड्कालाई गर्मीको दिनमा काठमाडौंको एउटा स्थानमा साथीहरुसंग खाना खाइरहेको देखाउँछ । साथीहरु सबैले हातैले खाना खाइरहेको देखेर भर्खरै विदेशबाट फर्किएको एकजना साथीले उनीहरु सबै बाहिरी दुनियाँसँग साक्षात्कार हुनु पर्छ भन्दै आफ्नो रवाफ देखाउँछ । उसले कति वर्ष बितिसक्दा पनि उनीहरुले अझै टेबुल शिष्टाचार सिक्नै बाँकी रहेको बताउँछ । यो सबै सुनेपछि प्रदीपले चिस्सो पेप्सी बोतलबाट एक घुँट पिउँदै स्वाएग लिएर साथीमा अहिले पनि पहिले झैँ सबैलाई सताउने बानी बाँकी नै रहेको सुनाउँछन् । यसैमा विज्ञापन नयाँ पेप्सी बोतलमा गएर रोकिन्छ र पृष्ठभूमिमा हर घुँटमा स्वाएग छ को धून गुञ्जिरहन्छ ।

विज्ञापन शुभारम्भको अवसरमा आफ्नो मन्तव्य राख्दै पेप्सीको नेपाल क्षेत्रको सिनियर मार्केटिङ्ग डाइरेक्टर नसीब पुरिले भने “पेप्सी सधैँ नै युवा पुस्ताहरुको रोजाई बन्दै आएको छ र नेपालमा अत्यन्त रुचाइएको कोला पेयहरु मध्येको एक हो । पेप्सीद्वारा शुरु गरिएको यस गर्मी मौसमको प्रचार अभियानले युवाहरुको स्वाएगलाई प्रतिबिम्बित गर्दछ । प्रदीपको उपस्थिति र उनको स्वाभाविक अभिनयले विज्ञापनको उचाई बढाएको छ, र आजका पुस्ताको आत्म विश्वास झल्काउने यो प्रचार अभियान सबैलाई मनपर्नेछ भन्नेमा हामी विश्वस्त छौं ।” प्रचार अभियानको बारेमा आफ्नो धारणा राख्दै ब्राण्ड एम्बेसेडर प्रदीप खड्काले भने “पेप्सीको स्वाएग दर्शन मसँग सधैं नै प्रतिध्वनित हुने गरेको छ । ब्राण्डको कठोर अवस्थाले यसलाई आजका युवाहरुसंग अत्यन्त सान्दर्भिक बनाइदिएको छ । यो विज्ञापनको सार नै तिमी को हौ र तिमीले के गर्न सक्छौं भनेर निर्भीकता देखाउने हो । म निर्धक्क छु कि मेरा प्रशँसकहरुले यो नयाँ विज्ञापनलाई पनि माया गर्नु हुनेछ र चिस्सो, रिफ्रेसिङ्ग पेप्सीको साथमा यसको मज्जा लिनेछन्।”

युवा नयाँ पेप्सी टिभिसि टिभि, डिजिटल, आउटडोर र सोसल मिडियामार्फत् व्यापक रुपमा देखाइनेछ । पेप्सी नेपालका सबै आधुनिक डिपार्टमेन्टल स्टोरहरु तथा परम्परागत पसलहरुका अलावा इ–कमर्स प्लेटफर्महरुमा सबेत एकजनालाई र धेरैजनालाई पुग्ने प्याकहरुमा उपलब्ध छ । अन्य जानकारीका लागि शिवालिका चड्ढा मल्लिक [email protected]

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK