×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एशिया बैंकद्धारा संस्थापक सेयर बिक्रीमा, इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिनुपर्ने

PRIME CA

एनआइसी एशिया बैंकद्धारा संस्थापक सेयर बिक्रीमा, इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिनुपर्ने

११ बैशाख २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एनआइसी एसिया बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका एक जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएका हुन् । संस्थापक अनन्त कुमार गोल्याणले आफ्नो नाममा रहेको ७ लाख १९ हजार ९५० कित्ता सेयर बिक्री गर्न लागेका हुन् । यसमा एनआइसी एशिया बैंककै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने भएका छन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालय, थापाथली काठमाडौंमा निवेदन दिनुपर्ने भएको छ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: