×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यूनियन लाइफ इन्स्योरेन्सद्धारा २० लाख ५६ हजार रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

PRIME CA

यूनियन लाइफ इन्स्योरेन्सद्धारा २० लाख ५६ हजार रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

२७ जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको आवुखैरेनी शाखाले बिहिबार एक कार्यक्रमकाबीच मृतकको परिवारलाई २० लाख ५६ हजार रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी गरेको हो।
कम्पनीका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य, आवुखैरेनी गाउँपालिका वडा-३ का वडा सदस्य दिनेश के.सी र आवुखैरेनी शाखाका प्रमुख सविता भटटराईले स्वार्गिय विमित आवुखैरेनी गाउँपालिका वडा-३ का गंगा सिं तामाङ्गका हकवला छोरा पिटर तामाङ्गलाई उक्त रकम प्रदान गरेका हुन् ।
गत माघमा निज गंगा सिं तामाङ्गले २० लाख रुपैयाँको जीवन बीमा गरेका थिए । उनले २० लाखको बीमा गर्दा प्रथम बीमा शुल्क बराबर करिब १ लाख ५३ हजार रुपैयाँ यूनियन लाइफमा जम्मा गरेका थिए । बिमित तामाङ्गको गत चैत्रमा असमायिक निधन भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: