Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स म्युचुअल फन्ड-१ र सिटिजन्स म्युचुअल फन्ड-२ न्याभ घट्यो, कस्तो छ वित्तीय अवस्था ?

अर्थ सरोकार

काठमाडौं । सीबीआइएल क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिटिजन्स म्युचुअल फन्ड-१ र सिटिजन्स म्युचुअल फन्ड-२ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । सिटिजन्स म्युचुअल फन्ड-१ को चैत मसान्तको न्याभ ५५ पैसाले घटेर १० रुपैयाँ ०५ पैसा कायम भएको छ । फागुनमा यसको प्रतिइकाई खुद मूल्य (न्याभ) १० रुपैयाँ ९४ पैसा रहेको थियो ।

यस्तै अघिल्लो महिना ६१ करोड ४० लाख रुपैयाँ सूचीकृत सेयरमा लगानी गरको यो फण्डको लगानी अहिले घटेर ५६ करोड ४९ लाख रुपैयाँ पुगेको छ । यता फागुन महिना ४ करोड २६ लाख रहेको बैंक मौज्दात यो महिनामा बढेर ५ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

सिटिजन्स म्युचुअल फन्ड-२ को पनि प्रतिइकाई खुद सम्पति मूल्य पनि घटेको छ । यसको न्याभ ६९ पैसाले घटेर ११ रुपैयाँ ०१ पैसा पुगेको छ । अघिल्लो महिना यसको न्याभ ११ रुपैयाँ ७० पैसा रहेको थियो ।अघिल्लो महिना ४५ करोड रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको थियो भने यस महिनामा ४१ करोड ८१ लाख रुपैयाँ मात्र सेयरमा लगानी गरेको छ । यस्तै फागुनमा महिना ६ करोड ६३ लाख रहेको बैंक मौज्दात यो महिनामा बढेर ६ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK