Skip to content
LAXMI SUNRISE BANK

सगरमाथा इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम दिन, वैशाख २८ गते हुँदैछ वार्षिक साधारणसभा

अर्थ सरोकार

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने वैशाख १५ गते बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीको २१.०५२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको हो । कम्पनीले सभा प्रयोजनका लागि वैशाख १६ गते शुक्रबारदेखि बुक क्लोज गर्ने भएको छ । तर्सथ बिहीबारसम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने भएका छन् ।

कम्पनीको वार्षिक साधारण सभा वैशाख २८ गते हुने भएको छ । सभा लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा वैशाख २८ गते बिहान १०ः३० बजे हुने भएको छ । कम्पनीले सभामा २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५२ प्रतिशत नगद गरी कुल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । कम्पनीको चुक्ता पुँजी तथा अधिकृत पुँजी बढोत्तरी गर्नको लागि नियमावली संशोधन गर्ने एजेण्डा पनि रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK