×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डूको १ अर्ब ६० करोड रुपैयाँको १६ लाख इकाई ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, ब्याज कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंक अफ काठमाण्डूको १ अर्ब ६० करोड रुपैयाँको १६ लाख इकाई ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, ब्याज कति ?

Artha Sarokar

२९ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बैंक अफ काठमाण्डूको १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख इकाई ऋणपत्र आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत बुधबारदेखि बिक्रीमा ल्याएको उक्त ऋणपत्रमा आवेदन दिने आज दिन रहेको हो ।बैंकले ६ लाख ४० हजार इकाई सर्वसाधारणका लागिछुट्याएको छ भने बाँकी ९ लाख ६० हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
बैंकको सो ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँका दरले खरिद गर्नुपर्नेछ । बैंकले १० वर्ष अवधिको ‘बीओके डिबेन्चर–२०८६’ जारी गरेको हो । लगानीकर्ताले मंसिर २८ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा पुष ८ गतेसम्म भर्न पाइनेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिन्छ । यस ऋणपत्रको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एन्ड बैकिङ लिमिटेड हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी