×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्स्योरेन्सको ७७ हजार ७२०.८८ कित्ता सेयर सोमबारदेखि लिलामीमा खुल्ने, न्युनतम मूल्य कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शिखर इन्स्योरेन्सको ७७ हजार ७२०.८८ कित्ता सेयर सोमबारदेखि लिलामीमा खुल्ने, न्युनतम मूल्य कति ?

Artha Sarokar

१८ बैशाख २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको वैशाख १९ गते सोमबारबाट सेयर लिलामीमा खुल्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको ७७ हजार ७२०.८८ कित्ता सेयर लिलामीमा खुल्ने भएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

उक्त सेयरमा लगानीकर्ताले वैशाख २६ गतेसम्म आवेदन दिन सक्ने भएका छन् । कम्पनीले चैत १ गतेबाट चैत २१ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र नबिकेको सेयर कम्पनीले यतिबेला लिलामीमा ल्याएको हो ।

उक्त सेयरमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसको शाखा कार्यलय पुतलीसडक, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगरबाट पनि यसमा आवेदन दिन सकिने भएको छ । त्यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी