काठमाडौं । जीवन बीमा कम्पनीहरूको प्रथम बीमाशुल्क घटेको छ । एक वर्षको अवधिमा १९ जीवन बीमा कम्पनीको नयाँ व्यवसाय साढे ३ अर्ब रूपैयाँ अर्थात् ११ प्रतिशतले घटेको हो । चालु आवको ९ महिनाको अवधिमा कम्पनीले १ खर्ब २४ अर्ब २ करोड ९९ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा १०.९७ प्रतिशतले थोरै हो ।
अघिल्लो वर्षको यसै अवधिमा प्रथम बीमा शुल्कवापत ३२ अर्ब ४६ करोड रूपैयाँ संकलन गरेकाकम्पनीहरुले यस अवधिमा प्रथम बीमा शुल्कवापत २८ अर्ब ८९ करोड ९३ लाख ६७ हजार रूपैयाँ संकलन गरेका छन् । जीवन बीमा कम्पनीहरूले पोलिसी बिक्री गरेको शुरुवातको किस्ता वापत प्राप्त हुने रकम प्रथम बीमाशुल्क हो । यस्तै यस अवधिमा नवीकरणबाट कम्पनीहरुले ७३ अर्ब ५३ करोड ५ लाख ४१ हजार रूपैयाँ संकलन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार यस अवधिमा सन नेपाल लाइफको प्रथम बीमाशुल्क सबैभन्दा धेरैले बढेको छ ।
कम्पनीले १ अर्ब ८६ करोड ५६ लाख रूपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन बीमाशुल्क अघिल्लो वर्षको तुलनामा १७०.३८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ६९ करोड रूपैयाँ बीमाशुल्क संकलन गरेको थियो । यस्तै राष्ट्रिय बीमा संस्थान र नेशनल लाइफ बाहेक अन्य सबै बिमा कम्पनीको नयाँ व्यवसाय घटेको छ । नेपाल लाइफ, एलआइसी नेपाल, एशियन लाइफ, सूर्या लाइफ, प्राइम लाइफ, गुँरास मेट लाइफसँगै नयाँ जीवन बीमातर्फ यूनियन लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ, ज्योति, आईएमई र सानिमा लाइफको प्रथम बीमाशुल्क संकलन रकम घटेको छ ।
यस अवधिमा गुराँस लाइफको प्रथम बीमाशुल्क संकलन रकम सबैभन्दा धेरै घटेको छ । कम्पनीले यस अवधिमा प्रथम बीमाशुल्क ५० करोड २७ रूपैयाँ संकलन गरेको छ । जुन बीमाशुल्क अघिल्लो वर्षको तुलनामा ६४.६० प्रतिशतले कम हो । यस्तै गुराँस लाइफपछि धेरै प्रतिशतले प्रथम बीमाशुल्क संकलन रकम घट्ने कम्पनीमा एलआइसी नेपाल छ ।
समीक्षा अवधिमा एशियन लाइफको प्रथम बीमाशुल्क संकलन रकम १०.५२ प्रतिशत, सूर्या लाइफको ११.२२ प्रतिशत, प्राइम लाइफको १०.०२ प्रतिशत, मेट लाइफको २.५९ प्रतिशत, नेपाल लाइफको ३०.०१ प्रतिशत, यूनियन लाइफको ३१.४३ प्रतिशत, ज्योति लाइफको १०.१३ प्रतिशत, रिलायन्स लाइफको २८.०६ प्रतिशत, आईएमई लाइफको २.८९ प्रतिशत र सानिमा लाइफको १६.८६ प्रतिशतले घटेको छ । यसैगरी यस अवधिमा राष्ट्रिय बीमा संस्थानको नयाँ व्यसाय १४.९६ प्रतिशत, नेशनल लाइफको १०.४९ प्रतिशत, रिलायबल नेपाल लाइफको ६.७२ प्रतिशत, सिटिजन लाइफको ४१.०१ प्रतिशत, प्रभु लाइफको ६.६१ प्रतिशत र महालक्ष्मी लाइफको १७.२४ प्रतिशतले बढेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्