×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सानो छ खेत, सानो छ बारी, सानै छ जहान…सानो छ देश, ठुलो छ सरकार, अटेनन् किसान…’ (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘सानो छ खेत, सानो छ बारी, सानै छ जहान…सानो छ देश, ठुलो छ सरकार, अटेनन् किसान…’ (भिडियो रिपोर्ट)

Artha Sarokar

२८ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । उखु मिलले भुक्तानी नदिएपछि सर्लाहीका उखु किसानले आन्दोलन शुरु गरेका छन् । चिनी उद्योगबाट उखुको भुक्तानी नपाएपछि सर्लाहीका किसानहरु काठमाडौं आएर आज (आइतबार) देखि आन्दोलन शुरु गरेका हुन् । पहिलो चरणमा माइतिघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने र सरकारले आफुहरुलाई पैसा नदिलाए कडा आन्दोलन गर्ने चेतावनी समेत किसानहरुले दिएका छन् । 
उखु किसान संघर्ष समिति, सर्लाहीका संरक्षक राकेश मिश्रले यसपटक किसानको पुरै पैसा नपाउँदा सम्म आन्दोलन नरोकिने बताउनुभयो । संरक्षक मिश्रले तिहार अगाडि उद्योग मन्त्री लेखराज भट्टलाई भेट गरी स्मरण पत्र बुझाएर छठ पर्व सम्म भुक्तानी दिलाइदिन माग गरेपनि पैसा नआएकाले आफुहरु काठमाडौं आएर आन्दोलन गर्न बाध्य भएको बताउनुभयो । मन्त्रालयले उद्योगीहरुको सम्पर्कमा छौं भन्ने तर किसानलाई रकम भुक्तानी गराउन नसक्ने भएकाले सरकार र उद्योगी बिच मिलेमतो भएको हुन सक्ने आशंका पनि किसानहरुको छ ।
यस अघि किसानहरु कात्तिक २३ गते मिल सञ्चालकबाट उखुको रकम भुक्तानी गराउन माग गर्दै काठमाडौं आएका थिए । किसानहरुले २०७६ पुष १८ गते मन्त्रालयको उपस्थितमा किसान र उद्योगी बिच भएको समझदारी कार्यान्वयन नभएको भन्दै उद्योग मन्त्री भट्टको ध्यानाकर्षण गराएका थिए । गत वर्ष भएको सम्झौतामा नेपाल सरकारबाट निर्धारण भएको उखुको मूल्य बमोजिम उखु किसानहरुको सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीहरुले २०७६ माघ ७ गते भित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने उल्लेख छ । 
त्यसैले पनि सरकारले नै उखुको भुक्तानी दिलाउने जिम्मेवारी लिएर पनि दिलाउन नसकेको भन्दै यस पटक किसानहरु निर्णयक आन्दोलन गर्ने बताएका छन् । उखु किसानहरुले उद्योगीहरुबाट करिब ९० करोड रुपैयाँ उठाउन बाँकी रहेको बताएका छन् । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी