
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बैंक अफ काठमान्डूले ३% नगद लाभांश आफ्ना सेयरधनीको बैंक खातामा जम्मा गरेको छ । बैंकले उक्त नगद लाभांश मंसिर १६ गतेबाट आफ्ना सेयरधनीको खातामा पठाउन सुरु गरेको हो । कात्तिक २८ गतेपछि डिम्याट गर्नेहरुको नगद लाभांश पनि क्रमशः खातामा जम्मा हुने बैंकले जनाएको छ ।
यद्यपि अहिलेसम्म आफ्नो सेयर भौतिक रुपमा राखेका सेयरधनीले भने डिम्याट गरी बैंक खाता अद्यावधिक गराएपछि मात्र लाभांश पाउने छन् । बैंकले डिम्याट नगरेका सेयरधनीलाई तत्काल सेयर डिम्याट गर्न आग्रह गरेको छ । बैंकको मंसिर १५ गते सम्पन्न साधारणसभाले ३% नगद लाभांश र १३% बोनस सेयर गरी कुल १६% लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्