Skip to content
LAXMI SUNRISE BANK

डिप्रोक्स लघुवित्तद्धारा तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित, कमायो ४३ करोड ६१ लाख ३३ हजार रुपैयाँ खुद नाफा

अर्थ सरोकार

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले यस त्रैमासमा ४३ करोड ६१ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षकोभन्दा १५.८३ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ५१ करोड ८१ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यता कम्पनीको सञ्चालन नाफा २३.४० प्रतिशतले बढेर ६२ करोड १४ लाख ८६ हजार रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी ३.४७ प्रतिशतले बढेर १ अर्ब २ करोड ११ लाख १ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ९१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ १७ पैसा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK