×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राथमिक तथा दोस्रो बजारमा लगानी गर्दा लाग्ने शुल्कहरुमा पुनरावलोकन गर्न बोर्डको सुझाव

PRIME CA
GLOBAL IME BANK

प्राथमिक तथा दोस्रो बजारमा लगानी गर्दा लाग्ने शुल्कहरुमा पुनरावलोकन गर्न बोर्डको सुझाव

६ जेष्ठ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अर्थ मन्त्रालय अगामी आर्थिक वर्ष २०७९/२०८० को बजेट निर्माणको तयारीमा लागेको छ । अर्थ मन्त्रालयले बजेट लेखन टोली गठन गरि विभिन्न क्षेत्रका सुझाव पनि लिइरहेको छ । जेठ ३ गतेबाट संसदमा बजेट अधिवेशनसमेत सुरु भएको हो । संवैधानिक व्यवस्था अनुसार जेठ १५ मा अर्थमन्त्रीले आगामी वर्षका लागि संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्नेर्छ  ।

छलफलका क्रममा धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि आगामी आर्थिक वर्षको बजेटका लागि भन्दै विभिन्न सुझाव दिएको छ । धितोपत्रको प्राथमिक तथा दोस्रो बजारमा लगानी गर्दा लाग्ने शुल्कहरुमा पुनरावलोकन गर्न सुझाव दिएको हो । वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको सार्वजनिक निष्कासन (आइपीओ) मा आरक्षणको व्यवस्था गर्न पनि सुझाव दिएको छ ।

सेयर बिक्रीका लागि अल्पकालीन र दीर्घकालीन अवधिको परिभाषा परिमार्जन गरी ती अवधिमा कारोबार हुने सेयरमा लाग्दै आएको पुँजीगत लाभकरलाई समेत घटाउन बोर्डले आग्रह गरेको छ । यता बैंकर्स संघले बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको समस्या समाधान गर्न सुझाव दिएको छ । यस्तै स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले विदेशी मुद्राको सञ्चिति बढाउन रेमिटेन्स पठाउनेहरुलाई दोस्रो बजारमा कारोबार गर्दा पुँजीगत लाभकरमा निश्चित अवधिका लागि पूर्णरुपमा छुट दिनुपर्ने माग गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: