×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनमा किसानलाई ५० प्रतिशत सहुलियतमा ड्रागन फ्रुटको बिरुवा वितरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चितवनमा किसानलाई ५० प्रतिशत सहुलियतमा ड्रागन फ्रुटको बिरुवा वितरण

Artha Sarokar

२५ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–३ ले किसानलाई बुधबार ड्रागन फ्रुटको बिरुवा वितरण गरेको छ । पचास प्रतिशत सहुलियतमा बिरुवा वितरण गरिएको वडाध्यक्ष गोवद्र्धन अधिकारीले जानकारी दिनुभयो । ड्रागन फ्रुटको परीक्षणका लागि मात्र एक किसानलाई बढीमा आठ वटा बिरुवासम्म ५० प्रतिशत सहुलियतमा वितरण गरिएको उहाँले बताउनुभयो । सफल भएमा आगामी दिनमा यसलाई प्राथमिकताका साथ अघि बढाइने उहाँको भनाइ छ । 
उहाँका अनुसार १९० वटा बिरुवा वितरण गरिएको छ । साथै किसानका लागि ड्रागन फ्रुट खेती गर्ने पद्धतिबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । यसैबीच वडाले १० जना किसानलाई जनही एक/एक वटा हजारी पनि वितरण गरेको छ । दिसा र पिसाब छुट्याएर प्रयोग गर्ने इकोसान शौचालय पद्धतिको तालीममा सहभागी १० जना किसानलाई उक्त हजारी निःशुल्क वितरण गरिएको हो । -रासस 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी