काठमाडौं । उद्योगपति एवं सांसद विनोद चौधरीले सेयर बजारबारे सरकारको नजरिया नै कमजोर रहेको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा अर्थ समतिले मंगलबार राखेको छलफलमा बोल्दै उद्योगपति चौधरीले यस्तो बताएका हुन् ।
उनले सरकार नै नीतिगत डिप्रेशनमा रहेकाले सेयर बजारको सुधार र विकास हुन नसकेको आरोप समेत लगाएका छन् । यस्तै उनले सेयर बजार सुधारका लागि सरकारले सुधारका कदमहरु चाल्नुपर्ने बताएका छन् । उनले सेयर बजारप्रति सरकार किन यस्तो ? बजारको विकासमा सरकारको नीति नै किन बाधक ? भन्दै प्रश्न गरेका छन् ।
उद्योगपति चौधरीले सेयर बजार लागू गरिएको ४/१२ को नीति हटाउनुपर्ने सुझाब पनि दिएका छन् । चौधरीले पुँजीबजार अर्थतन्त्रको ऐना समेत भएको भन्दै ऐन कानूनमा भएका व्यवस्थाका कारण आइपीओको चरणमा रहेका कम्पनीको प्रक्रिया नटुंगिएको समेत बताए । नेपालमा बजेट अभाव हुनु भन्दा पनि अनुत्पादक बजेट बढ्दा समस्या भएको बताएका छन् । यस्तै चालु बजेट बढ्ने पुँजीगत बजेट घट्दै जाने प्रवृत्ति रोक्नुपर्ने पनि बताएका छन् । उनले सरकारकाले बनाएको औद्योगिक ग्राम बनाए पनि त्यस स्थानमा उद्योगहरु नै नपुगेको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्