काठमाडौं । श्वेतगंगा हाइड्रोपावर कन्स्ट्रक्सनले आइपीओ बिक्री गर्ने भएको छ । आयोजना प्रभावित स्थानीयका र सर्वसाधारणलाई गरी कुल ३९ लाख ८२ हजार ५०० कित्ता आइपीओ बिक्री गर्ने भएको हो । कम्पनीले उक्त आईपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
आइपीओको भाउ प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।