×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेट्रोलियम पदार्थमा लगाइएको कर समायोजन गरेर मूल्य घटाउने सरकारको निर्णय, विद्युतको महसुलमा पनि सहुलियत

PRIME CA

पेट्रोलियम पदार्थमा लगाइएको कर समायोजन गरेर मूल्य घटाउने सरकारको निर्णय, विद्युतको महसुलमा पनि सहुलियत

१३ जेष्ठ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर समायोजन गर्ने भएको छ । उद्योगमन्त्री दिलेन्द्र बडुले गत जेठ १० गतेको मन्त्रिपरिषदको बैठकले कर समायोजन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

उनले उपभोक्तालाई राहत दिनका लागि पेट्रोलियम पदार्थमा लगाइएको कर समायोजन गरेर मूल्य घटाउने प्रस्ताव मन्त्रिपरिषदबाट पारित भएको बताए । साथै उनले पेट्रोलियम पदार्थको समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन विकल्प के हुनेछ भन्ने विषयमा अर्थमन्त्रालयले गृहकार्य गरिरहेको पनि बताए ।

उनले यसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थमन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, उर्जा तथा सिँचाइ र उद्योग मन्त्रालयका सचिव तथा विज्ञसमेत रहने गरी उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरिएको जानकारी पनि उनले दिए । साथै खाना पकाउने ग्याँसको उपभोग कम गर्नका लागि विद्युतको महसुलमा सहुलियत दिने प्रस्ताव समेत गरिएको बताएका छन् ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बुढीगण्डकी आयोजना निर्माणका लागि भन्दै प्रतिलिटर ५ रुपैयाँ इन्धनमा कर लगाइएको थियो । तर बुढीगण्डकी आयोजना निश्चित नभएपछि उक्त नाममा लिइँदै आईएको कर नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधामन्त्री हुँदा ५ रुपैयाँ थपेर पूर्वाधार कर प्रतिलिटर १० रुपैयाँ बनाइएको थियो । १० रुपैयाँ कर हटेपछि अब पेट्रोल १० रुपैयाँ सस्तिने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: