नवलपुर। नेपाल पर्यटन यातायात व्यवसायी सङ्घको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमणमा पोखरा र नवलपुर क्षेत्रको पर्यटकीय साझेदारीमा जोड दिइएको छ । मङ्सिर २२ गतेदेखि शुरु भई जारी तीन दिने भ्रमणका क्रममा नवलपुरका गजेन्द्रमोक्षधाम र नन्नपुरमा आयोजित छुट्टाछुट्टै अन्तक्र्रियामा वक्ताले पर्यटनमा साझेदारी बढाउँदै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । गण्डकी प्रदेशका भ्रमण वर्ष २०१९/२२ का संयोजक जुद्धबहादुर गुरुङले प्रदेश सरकारले नवलपुर समेतलाई समेट्दै यहाँको पर्यटकीय विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो । प्रदेशमा दुई छिमेकी राष्ट्र भारत र चीनलाई जोड्ने गरी त्रिवेणी– कोरला सडकलाई प्राथमिकताका साथ अघि बढाइएको गुरुङले जानकारी दिनुभयो । त्रिवेणी क्षेत्रलाई पर्यटकको प्रवेश विन्दुका रुपमा विकास गर्दै अघि बढिने उहाँले बताउनुभयो ।नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ्ग गुरुङले पर्यटनमा साझेदारी बढाउने लक्ष्यसाथ धार्मिक पर्यटन पुनः उत्थान परिचयात्मक भ्रमण राखिएको बताउनुभयो । नवलपुर क्षेत्रलाई सिधा पोखरासँग सडक सञ्जालले जोड्नु अपरिहार्य भएको बताउँदै उहाँले चितवन राष्ट्रिय निकुञ्जका कारण देखिएको समस्यालाई चाँडो समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष डम्बरबहादुर केसी, सोमबहादुर थापा र चिरञ्जीवी पोखरेलले यस क्षेत्रका धार्मिक पर्यटकीय गन्तव्यको मौलिकता कायम गर्दै पर्यटन बजारमा उपयोग गर्नुपर्ने औंल्याउनुभयो । नवलपुरलाई प्रदेशको राजधानी पोखरासँग सहज रुपमा जोड्नका लागि चितवन राष्ट्रिय निकुञ्जका कारण मध्यवर्तीका नाममा परेको समस्यालाई दीर्घकालीन समाधान गर्नुपर्नेमा जोड दिँदै उहाँहरूले सडक सञ्जाल सहज भएसँगै पर्यटकीय साझेदारीमा पनि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कतिपय निकुञ्जमा बीच भागबाटै सडक सञ्चालनमा आएको अवस्थासमेत रहेको उल्लेख गर्दै उहाँहरूले यस क्षेत्रको विकासका लागि विद्यमान बाधा अड्चन हटाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा त्रिवेणी विनय नगरपालिका–६ का वडाध्यक्ष प्रितम गुरुङ, गजेन्द्रमोक्षश्रम धामका कृष्ण प्रपन्नाचार्य, होटेल व्यवसायी सङ्घ नवलपुरका अध्यक्ष सन्तोष राना मगर, नवलपुर होटेल व्यवसायी सङ्घका उपाध्यक्ष प्रकाश कुँवर र नन्दपुर मिलिजुली होमस्टेका अध्यक्ष ताराप्रसाद चौधरीलगायतले त्रिवेणी धामदेखि मुक्तिनाथसम्मका धार्मिक पर्यटकीयस्थललाई समेट्दै विकास गर्न सकेमा राम्रो उपलब्धि हासिल हुने धारणा राख्नुभयो ।
त्रिवेणीबाट पोखरा आवागमन सहज बनाउन सडक सञ्जाल चाँडै जोडिनुपर्ने उल्लेख गर्दै उहाँहरूले चितवन राष्ट्रिय निकुञ्जका कारण देखिएको समस्यालाई राज्यस्तरबाट चाँडै समाधान खोजिनुपर्ने बताउनुभयो । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ, गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक बाबुराम पाण्डेका अनुसार भ्रमण टोलीले आज नवलपुरकै मौलाकालिका, सास्वतधाम र तनहँुको देवघाटलगायतका धार्मिक पर्यटकीय गन्तव्य पुगी सरोकारवालासँग अन्तक्र्रिया गर्नेछ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्