काठमाडौं । सरकारले मोटरसाइकलको भन्सार महशुलमा भारी वृद्धि गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मोटरसाइकलमा ८० प्रतिशतसम्म भन्सार दर लगाउने घोषणा गरेका हुन् । अगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत २ सय सीसी माथिका मोटरसाइकलमा भन्सार दर भारी मात्रामा बढाएका हुन् । २०० सीसीभन्दा कम क्षमताको मोटरसाइकलमा भने यसअघिकै ३० प्रतिशत भन्सार दर स्थिर राखिएको छ ।
आर्थिक ऐन अनुसार २ सयदेखि २५० सीसीसम्मका मोटरसाइकलमा १० प्रतिशत भन्सार दर र २० प्रतिशत अन्तःशुल्क बढाईएको छ । २ सयदेखि २५० सीसीसम्मका मोटरसाइकलमा अब ४० प्रतिशत भन्सार लाग्ने भएको छ । २५१ सीसीदेखि ५ सय सीसी सम्मका मोटरसाइकलमा यसअघि ३० प्रतिशत भन्सार शुल्क लाग्दै आएको थियो। अब त्यसमा ४० प्रतिशत थप बढाएर ७० प्रतिशत पुर्याइएको छ भने अन्तशुल्क ८० प्रतिशत बनाईएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्