×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरमा जाने, कुनै अड्चन नआएमा एकसाताभित्रमा मर्जरको सम्झौतामा हस्ताक्षर हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरमा जाने, कुनै अड्चन नआएमा एकसाताभित्रमा मर्जरको सम्झौतामा हस्ताक्षर हुने

Artha Sarokar

१९ जेष्ठ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरमा जाने भएका छन् । दुई बैंकका सञ्चालकबीच भईरहेको छलफल फाइनल भएसँगै मर्जरमा जाने भएका हुन् । कुनै अड्चन नआएमा एकसाताभित्रमा मर्जरको सम्झौतामा हस्ताक्षर हुने कम्पनीले जनाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० अनुपातमा गाभिने भएका हुन् ।

मर्जरपछि इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट कारोकार सञ्चालन हुने भएको छ । यस्तै बैंकको सञ्चालक समितिको अध्यक्ष अहिलेका इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे हुने भएको छ भने प्रमुख कार्यकारी अधिकृतमा ज्योति पाण्डे हुने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले गतवर्ष बैशाखमा मर्जरमा जाने सहमति गरेका थिए । तर हिमालयन बैंकको साधारणसभाले मर्जरमा जाने प्रस्ताव विशेष साधारणसभाबाट अस्वीकृत गरेको थियो ।

चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको १ खर्ब ८० अर्ब निक्षेप रहेको छ भने मेगा बैंकको १ खर्ब ४७ अर्बको निक्षेप रहेको छ । यस्तैकर्जा नेपाल इन्भेष्टमेन्ट बैंकको १ खर्ब ७३ अर्ब र मेगा बैंकको १ खर्ब ५० अर्ब रहेको छ । चुक्ता पुँजी भने नेपाल इन्भेष्टमेन्ट बैंकको १८ अर्ब ३० करोड र मेगा बैंकको १६ अर्ब १२ करोड रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी