काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारद्वारा आइतबार सदनमा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को बजेटमा व्यापार घाटा घटाउने र उत्पादन वृद्धिका कार्यक्रम अत्यन्तै राम्रो भएको बताएका छन् । प्रतिनिधिभसभाको बैठकमा बजेट माथिको सैद्धान्ति छलफलमा भाग लिँदै उनले करमा छुटेका कुरालाई समेत एक ठाउँमा ल्याउनुपर्नेमा जोड दिएका हुन् ।
यस्तै उनले बजेट कार्यान्वयन हुनुपर्ने र राम्रो कार्यक्रम रहेको पनि बताएएका छन् । यस्तै अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयलाई बोलाएर बजेट कार्यान्वयनको विषयमा छलफल गर्न जरुरी रहेको पनि बताए । सांसद थापाले मन्त्रालयहरूले आफ्नो प्राथमिकता बताएअनुसार बजेट आएको र सामाजिक सुरक्षाका कुरा स्वागतयोग्य भएको बताएका छन् । यस्तै प्रत्येक सरकारले सामाजिक सुरक्षाका विषय थप्दै जाँदा दायित्व पनि बढ्दै जाने हुँदा यस कुरालाई ध्यान दिनुपर्ने बताए ।
उनले बजेटका स्रोतहरूमा पारदर्शिता कुरामा स्पष्ट हुनुपर्ने र बजेट भनेको भाग्यको चिठ्ठाजस्तो हुन नहुने सुझाव दिएका छन् । उनले कृषिको आत्मनिर्भर बनाउने कुरा अत्यन्तै राम्रो भएको र यसमा अर्थ मन्त्रालयले नै ध्यान दिएर काम गर्नुपर्ने बताएका छन् । उनले प्रदेश र स्थानीय तहको बजेट आउँदै भए पनि अहिलेसम्म त्यसबारे छलफल नभएको बताए । यस्तै बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल जारी भएको पनि बताएका छन् ।