Skip to content
LAXMI SUNRISE BANK

घरायसी र व्यावसायिक प्रयोजनका ग्याँस सिलिन्डरको छुट्टाछुट्टै मूल्य निर्धारण गर्न उपसमित गठन

अर्थ सरोकार

काठमाडौं । घरायसी र व्यावसायिक प्रयोजनका ग्याँस सिलिन्डरको छुट्टाछुट्टै मूल्य निर्धारण गर्न उपसमित गठन भएको छ । नेपाल आयाल निगमले बिहिबार बसेको निगम सञ्चालक समिति बैठकले निगम सञ्चालक समितिका एक सदस्यले नेतृत्व गर्ने गरी उपसमिति गठन गरेको हो । उपसमितिको संयोजक तोक्न बाँकी रहेको निगमले जनाएको छ ।

भट्टराईकाअनुसार समितिमा ग्याँस व्यवसायी, रेष्टरेन्ट तथा होटल व्यवसायी, गुणस्तर, निगम र सरकारी प्रतिनिधिहरु रहनेछन् । केही दिनमा कार्यदलले पूर्णता पाउने र अध्ययन सुरु हुने निगमले जनाएको छ । दुई थरी सिलिन्डरबारे यसअघि भएका अध्ययन र प्रयोगलाई पनि समितिले पुनः अध्ययन गर्ने भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK