काठमाडौं । ४/१२ को क्याप खारेजीको मागसहित सेयर लगानीकर्ताले प्रधानमन्त्रीलाई ग्यापनपत्र बुझाएका छन् । संघले प्रधानमन्त्री देउवालाई नेपाली पुँजीबजारको वर्तमान अवस्थालाई उजागर गर्दै ४ बुँदे ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रको पहिलो बुँदामा सेयर धितो कर्जामा लगाइएको ४ करोड र १२ करोडको क्यापलाई पूर्ण रुपमा खारेज गर्न माग गरिएको छ । यसैगरी दोस्रो बुँदामा सीसीडीलाई सीडीमा कायम गरिएकोमा खारेज गरी पुनः सीसीडी कायम गर्न माग गरिएको छ ।
यस्तै तेस्रो बुँदामा भारित औसतदर १५० लागू गर्ने निर्णय भएकोमा सो निर्णय खारेज गरी पुरानै भारित औसत दर १०० कायम गर्नुपर्ने माग गरिएको छ भने चौथो बुँदामा पुँजीबजारलाई ७ प्रदेश र ७७ जिल्लामा विकास र विस्तार गर्ने बैंकलाई ब्रोकर लाइसेन्स दिन पनि माग गरिएको छ ।
यसैक्रममा प्रधानमन्त्री देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरी पुँजीबजारमा देखिएका समस्या तत्काल हल गर्न निर्देशन पनि दिएका छन् । प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई आमलगानीकर्ताको समस्या सुन्ने मात्र होइन र उचित समाधान पहिचान गरी कार्यान्वयन गर्नसमेत निर्देशन दिएका हुन् । यस्तै संघकी अध्यक्ष राधा पोख्रेलले गभर्नरलाई भेट्न भोलि राष्ट्र बैंक जाने बताएकी छिन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्