काठमाडौं । नेपालको बजेट र भारत सरकारको नीतिले नेपालका तेल उत्पादक मारमा परेका छन् । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघका अध्यक्ष सन्दीप अग्रवालले तेल उत्पादक मारमा परेको बताएका हुन् । आइतबार बजेटबारे संघद्धारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले सरकारको नीतिले निकासी बन्द हुने अवस्था आउने बताए । नेपालमा अनाधिकृत तेल भित्रने भन्दै उनले भन्सार कर शून्य र मूल्य अभिवृद्धि करमा ५० प्रतिशत कटौती गर्न मागसमेत गरेका छन् ।
नेपाल बजेटले वनस्पति घ्यू तेल उद्योगलाई गम्भीर असर पार्ने नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको आरोप छ । संघले सरकारको नीतिले स्वदेशी उद्योगलाई दीर्घकालीन असर पुर्याउने निष्कर्ष निकाल्दै शीघ्र समाधान खोज्न सरकारसँग माग गरेको छ । सरकारले उपभोक्तालाई प्रत्यक्ष राहत दिन खाने तेलको महसुल दर कम गर्नुको सट्टा उद्योगलाई कम महसुल दरमा पाम र पामोलिदन तेलको आयात गर्न दिने नीतिले स्वदेशी उद्योगलाई मर्का पर्न गएको संघको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्