काठमाडौं । लगानीकर्ताको माग सम्बोधन गर्न नेपाल धितोपत्र बोर्ड तयार रहेको बोर्डका अध्यक्ष रमेशकुमार हमालले बताएका छन् । पुँजी बजार सुधार र विकासको माग राख्दै बोर्डमा ज्ञापन पत्र बुझाउन गएका लगानीकर्तासँग कुरा गर्दै उनले लगानीकर्ताको मागप्रति बोर्ड सकारात्मक भएको बताएका हुन् । उनले अहिले धितोपत्र बोर्डले पुँजी बजार सुधार र विस्तारको लागि काम गरिरहेको जानकारी दिएका छन् ।
पुँजी बजार सुधार र विकासका लागि तिलक कोइरालाको संयोजकत्वमा गठन भएको संघर्ष समितिले बोर्डमा ज्ञापन पत्र बुझाएका हुन् । सरकारले साढे ३ वर्ष अघि नै गरिसक्छु भनेका कामहरु पूरा नगर्दा अहिले पुँजी बजारमा गंभीर संकट आएको भन्दै १९ बुँदे मागसहित कोइराला असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरिसकेका छन् । उनले सोही १९ बुँदे माग धितोपत्र बोर्डलाई बुझाएका हुन् ।
पुँजी बजार सुधार र विकासका लागि तिलक कोइरालाको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठनसहित दबाबमूलक कार्यक्रमहरु घोषणा गरेको छ । साथै जेठ २४ गते अर्थ मन्त्रालय जाने, २५ गते प्रधानमन्त्रीलाई भेट्ने, २६ गते राजनीतिक पार्टीहरुसँग छलफल गर्ने, २७ गते माईतीघर मण्डलादेखि बानेश्वरसम्म कालो ब्यानरसहित जुलुस गर्ने र २९ गते पुँजी बजारका विज्ञहरुसहित बृहत छलफल गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्