काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीको जेठ २३ गते सोमबार ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यो कम्पनीले आफ्ना सेयरधनीहरुलाई गत फागुन २२ गतेदेखि चैत १३ गतेसम्म हकप्रद सेयर बिक्री गरेको थियो । जसअनुसार कम्पनीले चुक्तापुँजीको ४० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो ।