काठमाडौं । सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा खारेज गरेको छ । मबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि लागू हुने गरी आइतबारको बिदा खारेज गरेको हो । उक्त साप्ताहिक विदा नदिने निर्णय खारेज गरेको जानकारी अर्थमन्त्री जनार्दन शर्माले दिए ।
सरकारले गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो । तर सेवा प्रवाहमा समस्या देखिएको भन्दै सरकारको उक्त निर्णयको आलोचना भइरहेको थियो । सार्वजनिक सेवा प्रवाहमा आइतबारे बिदाले समस्या निम्त्याएको र अपेक्षा गरेअनुसार पेट्रोलियम पदार्थको खपतमा कमी ल्याउन नसकेको देखिएपछि बिदा फिर्ता लिइएको हो ।