×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से फेरी २००० बिन्दुमाथि उक्लियो, ७२.२८ अंकले बजार बढ्दा ६ अर्ब ६६ करोडमाथिको कारोबार !

LAXMI SUNRISE BANK

नेप्से फेरी २००० बिन्दुमाथि उक्लियो, ७२.२८ अंकले बजार बढ्दा ६ अर्ब ६६ करोडमाथिको कारोबार !

२२ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सेयर बजारमा पुन: रौनकता छाएको छ । आइतबार १२३.३४ अंकले घटेपछि बजार आज एकाएक आफ्नै लयमा फर्किएको छ । आइतबारको तुलनामा बजार ७२.२८ अंकले बढेर २००४.३९ बिन्दुमा पुगेर बन्द भएको छ । यस अवधिमा २०६ कम्पनीको १ करोड १९ लाख २०  हजार ८१९ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ६६ करोड ७९ लाखमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यस कम्पनीको १ अर्ब ५ करोडमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल लाइफ इन्स्योरेन्स र नेपाल दुरसंचार कम्पनीको भएको छ । आज १२ वटै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंक, रसुवागढी हाइड्रोपावर, बिशाल बजारका लगानीकर्ताहरुले कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी