×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी क्यापिटलको कुमारी धनवृद्धि योजनामा आवेदन दिने बिहीबार आवेदन दिन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी क्यापिटलको कुमारी धनवृद्धि योजनामा आवेदन दिने बिहीबार आवेदन दिन सकिने

Artha Sarokar

२६ जेष्ठ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुमारी धनवृद्धि योजनामा आवेदन दिने जेठ २६ गते बिहीबार अन्तिम दिन रहेको छ । उक्त योजनामा आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कुमारी क्यापिटलले जेठ १२ गतेदेखि कुमारी १२ करोड इकाई बिक्री खुला गरेको हो ।

कुल इकाईमध्ये १ करोड ८० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई छुट्याइएको छ । बाँकी १० करोड २० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

प्रतिइकाई १० रुपैयाँमा आवेदन दिन सकिनेछ । सी आस्वाको माध्यमबाट इकाई भर्न सकिन्छ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । यस फण्डको योजना व्यवस्थापक कुमारी क्यापिटल हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी