काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को अध्यक्षमा दीपक पाण्डे निर्विरोध निर्वाचित भएका छन् । आउँदो असार ११ गते हुने निर्वाचनका लागि उनको मात्र उम्मेद्वारी परेपछी अन्तत: उनी संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
यसअघि रमेश धिताल र अरुण राउत पनि अध्यक्ष पदमा उठ्ने चर्चा थियो । तर यसअघि उपाध्यक्षको निर्वाचनमा उही प्यानलमा उठेका धितालले अघिल्लोपटक उम्मेद्वारी दिँदा अध्यक्षमा साथ दिएका पाण्डेविरुद्ध चुनाव लड्नु नैतिक काम नभएको भन्दै नउठ्ने बताएपछि मैदानमा दीपक पाण्डे र अरुण राउतको लडाईको चर्चा थियो । तर अन्तिम समयमा आएर राउत पनि ब्याक भएपछि अन्ततः पाण्डे संघको अध्यक्षमा निर्वाचित भएका हुन् ।
पाण्डे यसअघि संघको उपाध्यक्ष थिए । उनी उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्