- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार पनि प्रि ओपनिङ्गमा नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचक २.६५ अंकले घटेर १ हजार ९२९.४७ बिन्दुमा कायम भएको छ । यस अवधिमा ४३ कम्पनीको सेयर कारोबार भएको छ ।
४३ कम्पनीका १६ हजार १७४ कित्ता सेयर १ करोड २७ लाख ६६ हजार २०२ रुपैयाँमा खरीदबिक्री भएका छन् ।जसमध्ये १३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको सेयर मूल्य घटेको छ । साथै १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।