काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १० लाख ६१ हजार २२४ दशमलव २६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २१.४८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस नेप्सेमा सूचीकरण गरिएको हो ।