काठमाडौं । प्रचलित कानुनको धज्जी उडा उदांउदौदैन विभिन्न ब्रोकर कम्पनीहरुले मनपरी ढंगले नियम मिचेर सेयर कारोबार गरेको खुलासा भएको छ । धितोपत्र कारोबार सञ्चालन विनियमावली,२०७५ को परिच्छेद २ को बुँदा नम्बर ५ अन्तर्गत कारोबार इकाईका सम्बन्धमा भएको व्यवस्था विपरित ती ब्रोकर कम्पनीहरुले सेयर कारोबार गरेको खुलासा भएको हो । कारोबार इकाइभन्दा कम परिमाणको धितोपत्र अडलट हुने धितोपत्रको कारोबारलाई अडलट कारोबार भनिन्छ ।
सोमबार पहिलो कारोबार भएको सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबारमा विभिन्न ७ ब्रोकर कम्पनीहरुले अडलट कारोबार गरेको पा इ ए को हो। सोमबारबाट पहिलो कारोबार भएको सीवीवाइसी नेपाल लघुवित्तको कुल ११ कारोबारमध्ये १० कारोबार अडलटमा भएका छन् भने सो अडलट कारोबारमा ब्रोकर नम्बर ७, १४, ४०, ४३, ५३, ५८, र ५९ संलग्न रहेको नेप्सेको फ्लोरसिट तथ्यांकमा देखिएको छ ।
धितोपत्र कारोबार सञ्चालन विनियमावली,२०७५ को परिच्छेद २ को बुँदा नम्बर ५ अन्तर्गत कारोबार इकाईका सम्बन्धमा भएको व्यवस्था अनुसार कारोबार इकाई वा सो भन्दा बढी धितोपत्र भएका धितोपत्रधनीहरुले त्यस्तो धितोपत्रलाई अडलट बनाई बिक्री गर्न पाइने छैन । ब्रोकरहरुले यस्तो मनपरी गर्दा पनि नेप्से भने मुकदर्शक भएर बसेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्