×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्रोत नखुलेको २४ लाख रुपैयाँसहित रुपन्देहीमा एक जना पक्राउ

PRIME CA

स्रोत नखुलेको २४ लाख रुपैयाँसहित रुपन्देहीमा एक जना पक्राउ

२१ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
रुपन्देही । स्रोत नखुलेको २४ लाख नेपाली रुपैयाँसहित रुपन्देहीमा एक जना पक्राउ परेका छन् । प्रहरीले रुपन्दहीको सम्मरीमाई गाउँपालिका–६ बस्ने ३२ वर्षीय प्रमोद कुमार गुप्तालाई शुक्रबार स्रोत नखुलेको २४ लाख नेपाली रुपैयाँ र मोटरसाइकलसहित पक्राउ गरेको हो ।
सुनौलीबाट भैरहवातर्फ आउँदै गरेको लु. ४३ प. १२३१ नम्वरको मोटरसाइकलमा सवार गुप्तालाई रुपन्देही सिद्धार्थनगर नगरपालिका–३ भैरहवा बसपार्क नजिकै नियमित चेकजाँचको क्रममा प्रहरीले स्रोत नखुलेको २४ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले गुप्ताको साथबाट पाँच सयको २६०२ वटा (१३ लाख १ हजार ), हजारको १०९९ वटा (१० लाख ९९ हजार) बरामद भएको हो । मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि गुप्तालाई बुटवल आन्तरिक राजश्व कार्यालय रूपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: