×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मालपोत र नापीले सेवामा ढिलासुस्ती गर्दा सेवाग्राही मारमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मालपोत र नापीले सेवामा ढिलासुस्ती गर्दा सेवाग्राही मारमा

Artha Sarokar

२१ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सोलुखुम्बु । जिल्ला मालपोत र नापी कार्यालयले जनउत्तरदायी सेवा प्रवाह गर्न नसकेको सेवाग्राहीले गुनासो गरेका छन् । सेवाग्राहीले सेवाप्रवाहको शैली असहज तथा अत्याधिक ढिलासुस्ती रहेको गुनासो गरेका छन् । कार्यालयमा सबैभन्दा बढी नामसारी सम्बन्धी समस्या रहेको लेखापढी व्यवसायीको भनाइ छ । गत असोज २१ गते कर्यालयमा नामसारीका लागि निवेदन दिएको र कागजात पूरा भए पनि अझैसम्म काम नभएको सेवाग्राही दावा तामाङले गुनासो गर्नुभयो । महिनौ भए पनि सेवा नपाउँदा दुःख लागेको उहाँको भनाइ छ । प्रविधिको युगमा पनि नागरिकले सास्ती खेप्नु दुःखद भएको उहाँको भनाइ छ । 
नामसारीका लागि कर्मचारी नभएकै कारण समस्या भएको बताइएको छ । मालपोत कार्यालयका प्रमुख सूर्यप्रसाद कोइरालाले नामसारी बाहेकका काममा हस्ताक्षर नगर्ने हुँदा अन्य कर्मचारीलाई कामको बोझ थपिएको लेखापढी व्यवसायीको भनाइ छ । विगतको दिनमा एक दिनमा सकिने कामसमेत अहिले तीन दिनसम्म लाग्ने गरेको छिण्डि ल्हमु शेर्पाले बताउनुभयो । 
यस्तै एक हप्ता अगाडि श्रीमान्को नामबाट जग्गा नामसारीको लागि कार्यालयमा निवेदन दिएको भए पनि अहिलेसम्म काम नभएको सेवाग्राही शारदा कटुवालले गुनासो गर्नुभयो । हाल मालपोत अधिकृत खुम्बु क्षेत्र गएपछि नामसारी सम्बन्धी काम ठप्प बनेको छ । कार्यालयमा सेवा प्रवाह गर्ने ठाउँदेखि नागरिक बडापत्रमासमेत ध्यान नदिँदा समस्या भएको लेखापढी व्यवसायी कुञ्जाङ शेर्पाले बताउनुभयो । कोरोनाको कारण देखाउँदै सेवाग्राहीलाई कार्यालयभित्र प्रवेश निशेध गरेपछि असहजिलो ढङ्गले सेवा लिनुपर्ने बाध्यता रहेको सेवाग्राही छिण्डिल्हमु शेर्पाले बताउनुभयो ।
सेवाग्राहीको अत्याधिक गुनासोपछि नेपाल लेखापढी कानून व्यवसायी जिल्ला समिति सोलुखुम्बुले शुक्रबार अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको भए पनि कर्मचारीको उपस्थिति नभएको समितिका अध्यक्ष आङजाङबु शेर्पाले बताउनुभयो । अध्यक्ष शेर्पाले मालपोत र नापी कार्यालयका कर्मचारीको व्यवहारले गर्दा सेवा ग्राहीले सास्ती खेप्नुपरेको बताउनुभयो । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी