काठमाडौं । बागमती प्रदेशले आगामी आर्थिक बर्षको बजेटबाट जग्गा रजिष्ट्रेशनदेखि दुईपांग्रे सवारी साधनसम्म कर छुट दिने भएको छ । सरकारले सवारीधनीले समयमा दाखिला गर्न नसकेको मोटरसाइकल, स्कुटर एंव अन्य दुईपांग्रे सवारी साधनको सवारी साधनमा लाग्ने कर २०७९ फागुन मसान्तसम्म दाखिला गरेमा जरिवाना छुट दिने व्यवस्था मिलाइएको हो । प्रदेशका आर्थिक मामिल तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभामा आगामी आवको बजेट पेश गर्दै विभिन्न छुट दिने प्रस्ताव गरेका छन् ।
काठमाडौं उपत्यका भित्र संचालित उत्पादनमूलक उद्योगले उद्योगका नाममा जग्गा खरिद गरेमा लाग्ने घर जग्गा रजिष्ट्रेशन शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । प्रदेशले आगामी आवका लागि ल्याएको बजेटले महिला, दलित समुदाय, अपाङ्ग र विपन्न वर्गका व्यक्तिले प्राइभेट फर्म रजिष्टेशन गर्न चाहेमा त्यस्तो फर्म रजिष्टे«शन गर्दा लाग्ने दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्