काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट हुने भएको छ । कम्पनीको आइपीओ असार ३ गते शुक्रबार आफ्नै कार्यालय नक्साल काठमाडौंमा शुक्रबार दिउँसो ३ बजेपछि आइपीओ बाँडफाँट हुने भएको हो । कम्पनीको आईपीओ पाउन भाग्यकै भर पर्नु पर्नेछ ।
जसमा १ लाख ३६ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १७ लाख १२ हजार २०१ जनाको भने हात खाली हुनेछ । यसमा कुल १८ लाख ४८ हजार ७०१ जनाले २ करोड १९ लाख ७२ हजार ५२० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिनेछ ।
कुल २ अर्ब १९ करोड ७२ लाख ५२ हजार रुपैयाँ बरारको आवेदन परेको छ । विन्ध्यवासिनीले जेठ २० गतेबाट २५ गतेसम्म सर्वसाधारणका लागि १३ लाख ६५ हजार कित्ता सेयर खुला गरेको हो । कुल १५ लाख कित्तामध्ये ७५ हजार कित्ता सामूहिक लगानी कोष र ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको थियो । रेटिङ एजेन्सी कियर नेपालले विन्ध्यवासिनीको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्