×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंक घेर्न पुगेका आन्दोलनरत लगानीकर्ताले गभर्नरलाई बुझाए १९ बुँदे ज्ञापन पत्र

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राष्ट्र बैंक घेर्न पुगेका आन्दोलनरत लगानीकर्ताले गभर्नरलाई बुझाए १९ बुँदे ज्ञापन पत्र

Artha Sarokar

५ असार २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंक बालुवाटार घेराउ गर्न पुगेका आन्दोलनरत लगानीकर्ताले गभर्नर महाप्रसाद अधिकारीलाई १९ बुँदे ज्ञापन पत्र बुझाएका छन् । १९ बुँदे माग पुरा गराउन विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका लगानीकर्ताले आज केन्द्रीय बैंक अगाडि प्रदर्शनी गरेका छन् । पुँजी बजार सुधार संघर्ष समितिले विगतको एमाले सरकारले साढे तीन वर्ष अघि नै र वर्तमान अर्थमन्त्रीले दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदाका बाँकी काम तत्काल पुरा गर्नुपर्ने लगायतका १९ बुँदे माग समावेश गरेर गभर्नरलाई ज्ञापन पत्र बुझाएका हुन् ।

यता, १९ बुँदे मागसहित लगानीकर्ता तिलक कोइराला पाँच दिनदेखि नेपाल धितोपत्र बोर्ड अगाडि आमरण अनशन बस्दै आएका छन् । कोइरालाको समर्थनमा लगानीकर्ताले दैनिक रुपमा प्रदर्शनी गर्दै आएका छन् । लगानीकर्ताले जेठ २३ गते शेयर बजार सुधारको माग गर्दै नेपाल धितोपत्र बोर्डमा ज्ञापनपत्र बुझाएपछि नियमित रुपमा आन्दोलन गर्दै आएका छन् । जिल्ला जिल्लाका लगानीकर्ता पनि आन्दोलनमा होमिएका छन् । उनीहरुले पनि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पनि १९ बुँदे ज्ञापन पत्र बुझाइसकेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी