×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरीले बल प्रयोग गरेपछि धितोपत्र बोर्ड अगाडी झडप, हमाल अर्थ मन्त्रालय निस्किए, कर्मचारी घर फर्किए…

PRIME CA

प्रहरीले बल प्रयोग गरेपछि धितोपत्र बोर्ड अगाडी झडप, हमाल अर्थ मन्त्रालय निस्किए, कर्मचारी घर फर्किए…

७ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । आन्दोलनरत लगानीकर्ता र सुरक्षाका लागि नेपाल धितोपत्र बोर्ड अगाडी बसेका प्रहरीबीच झडप भएको छ । आन्दोलनरत लगानीकर्ताले धितोपत्र बोर्डका अध्यक्षसहित अन्य कर्मचारीहरुलाई बोर्डभित्रै थुनेपछि झडप भएको हो । बोर्डका अध्यक्ष हमालको सम्बोधनपछि झन् रुष्ट बनेका लगानीकर्ताहरुले ‘आजै छिनोफानो गरौँ’ भन्दै लगानीकर्ताहरुलाई बोर्ड आउन आह्वान गरेपछि त्यहाँ लगानीकर्ताहरुको उपस्थिति पनि थप बाक्लो बनेको थियो ।

बोर्डका अध्यक्षको सम्बोधन सकिएपछि घर जान कुरिरहेका कर्मचारीहरु पनि घर जान नपाएपछी अन्तत: बोर्डका उच्च अधिकारीहरुको डिजाइनमा प्रहरीलाई बल प्रयोग गर्न लगाइएको थियो । आक्रोशित लगानीकर्ताहरुले जे पनि गर्न सक्छन् भन्दै बोर्डका कर्मचारीले सुरक्षा मागेपछि उनीहरुलाई प्रहरीले स्कर्टिङ गरेर घर पठाएको छ ।
यो समाचार तयार गर्दासम्म धितोपत्र बोर्ड अगाडी लगानीकर्ताहरुको आन्दोलन जारी छ भने, बोर्ड अध्यक्ष हमाल अर्थ मन्त्रालय निस्किएका छन् । उनी अर्थ मन्त्रालयमा बैठकका लागि गएका हुन् । बोर्डको पत्रकार सम्मेलन सकिएलगत्तै आन्दोलनरत सेयर लगानीकर्ताहरुले चर्का नाराबाजी गरेका थिए । अध्यक्षको सम्बोधनले आफ्नो आन्दोलन कमजोर बनाउन खोजेको भन्दै उनीहरुले माग पूरा नभएसम्म आफ्नो आन्दोलन जारी रहनेसमेत बताईरहेका छन् ।
पत्रकार सम्मेलनका क्रममा बोर्ड अध्यक्ष हमालले आफुले सक्ने माग ३ महिनाभित्र पूरा गर्ने र आफुले आन्दोलनरत लगानीकर्ताका सबै माग पूरा गर्न नसक्ने बताएपछि स्थिति असामान्य बनेको हो ।
बिगत ७ दिनदेखि विभिन्न माग राख्दै लगानीकर्ता तिलक कोइराला अनशनमा बसेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: