Skip to content
LAXMI SUNRISE BANK

जव सेयर लगानीकर्ताको आन्दोलनमा एक्यबद्धता जनाउन काठमाडौँ महानगरका मेयर बालेन शाह आइपुगे…(फोटो फिचर)

अर्थ सरोकार

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको कार्यालय परिसरमा जारी सेयर लगानीकर्ताको आन्दोलनमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि एक्यबद्धता जनाएका छन् । बुधबार विहान आमरण अनशन परिसरमा पुगेर शाहले लगानीकर्ताको आन्दोलनमा एक्यबद्धता जनाएका हुन् ।

उनले बाहिर हल्ला चलेजस्तो सेयर बजार बढाउनका लागि लगानीकर्ताको आन्दोलन नरहेको आफुले बुझेको बताउँदै नेप्से घट्यो वा बढ्यो भन्दा पनि सेयर लगानीकर्ताहरुले किन आत्तिएर सेयर बेचे भन्ने विषयलाई नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालय वार्तामा बसेर निकास दिनुपर्ने बताएका छन् ।

यतिमात्र होइन, धितोपत्र बोर्ड परिसरमा लगानीकर्ताको मागप्रति एक्यबद्धता जनाउन गएका उनले बोर्ड परिसरमा घुम्ती शौचालयकोसमेत व्यवस्था गरिदिएका छन् । धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई शौचालय प्रयोग गर्न दिएको थिएन । हेरौँ अनशनस्थलमा बालेन शाह पुग्दाका तस्विर अर्थ सरोकारको फ्रेममा :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK