×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समय सीमासहित कार्यान्वयनको खाकामा सहमत भई हस्ताक्षर भएपछी मात्र अनशन तोड्छुु : तिलक कोइराला

PRIME CA

समय सीमासहित कार्यान्वयनको खाकामा सहमत भई हस्ताक्षर भएपछी मात्र अनशन तोड्छुु : तिलक कोइराला

९ असार २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । अनशनरत तिलक कोइरालाले धितोपत्र बोर्डलाई पत्र लेखेर माग पूरा गरे अनशन तोड्न आफु तयार रहेको बताएका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाललाई सम्बोधन गरेर लेखिएको सो पत्रमा उनले अनशन तोडेरमात्र कार्यान्वयन समिति बनाउने बोर्डको प्रस्ताव अस्वीकार गरेको प्रष्ट पारेका छन् ।

“पहिले समिति गठन भएर मागहरुका बारेमा बुँदागत रुपमा समय सीमासहित कार्यान्वयनको खाकामा सहमत भई हस्ताक्षर भएपछी मात्र अनशन तोडिने स्पष्ट जानकारी गराउँदछु । समस्या समाधान समितिमा कस -कसलाई पठाउने भन्ने कुरा धितोपत्र बोर्डको छनौटको कुरा नभई संघर्ष समितिको संयोजकको अधिकार क्षेत्रभित्रको कुरा भएकाले त्यहाँबाट सर्त हटाई सुधारिएको दोश्रो पत्र प्राप्त भएपश्चात यस समितिबाट सात जनाको नाम पठाइने जानकारी गराउँदछु।” पत्रमा भनिएको छ ।

साथै उनले सबै काम पूरा गरे अनशन तोड्न आफु तयार रहेको समेत बताएका छन् । “पूँजी बजारको अहिलेको संवेदनशीलता, जटिलता बिग्रिदो अवस्था र अनशनरत मेरो स्वास्थ्य अवस्था विचार गरी आजै समिति गठन, बैठक, खाका तयार र हस्ताक्षर गरी आमरण अनशन तोकेर आम लगानीकर्ताको मनोभावना सुध्रिढ बनाउन आतुर रहेको समेत उल्लेख गर्दछु ।” पत्रमा उनले लेखेका छन्।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: