काठमाडौँ । नेपाल धितोपत्र बोर्ड परिसरमा लगानीकर्ताको सहभागीता सार्है न्युन भएपछि अनशनस्थलबाट तिलक कोइराला बोलेका छन् । सामाजिक संजाल फेसबुकमा आफ्नो भनाई राख्दै उनले सरकारले आफुलाई अनशनमै मार्न लागेको, सेयर बजार ध्वस्त हुन लागेको भन्दै लगानीकर्ताहरुलाई कटाक्ष गर्दै ‘तपाईंहरु घरमै बस्नोस् है’ भनेर लेखेका छन् ।
अनशनको आज ९ औं दिन हो । आज बोर्ड परिसरमा रही यो रिपोर्ट तयार गर्दाका समय धितोपत्र बोर्डमा केहि लगानीकर्ताहरु मात्र उपस्थित छन् । अहिले बोर्ड परिसरमा १५-२० जना मात्र लगानीकर्ता छन् ।
‘सरकारले मलाई अनशनमै मार्ने भयो, पूँजी बजार ध्वस्त पार्न लाग्यो, सेयर लगानीकर्ता तपाइँहरु अब घरमै सुतेर बस्नोस है’ उनले फेसबुकमा लेखेका छन् । उनले आफ्ना माग पूरा नभएसम्म अनशन नतोड्ने अडान लिईरहेका छन् भने धितोपत्र बोर्डले भने अनशन तोडेरमात्र कार्यान्वयन समिति बनाउने अडान लिएर बसेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्