Skip to content
LAXMI SUNRISE BANK

श्रीलंका : देश टाट पल्टिएको घोषणा भयो, ब्याजदर सार्है उच्च छ, र पनि सेयर बजार पूरै हरियाली !

अर्थ सरोकार

काठमाडौँ । केही महिनादेखि आर्थिक संकट झेलिरहेको श्रीलंकाको अर्थतन्त्र अन्ततः टाट पल्टिएको छ । प्रधानमन्त्री रनिल विक्रमासिंघेले महिनौंदेखि खाद्यान्न, इन्धन र बिजुलीको अभाव झल्दै आएको अर्थतन्त्र अन्ततस् ध्वस्त भएको घोषणा गरिसकेका छन् । ‘हामी अहिले इन्धन, ग्यास, बिजुली र खाद्यान्नको अभाव भन्दा पनि धेरै गम्भीर अवस्थाको सामना गरिरहेका छौं । हाम्रो अर्थतन्त्र पुरै ध्वस्त भएको छ’, प्रधानमन्त्री विक्रमासिंघेले संसदमा भनेका छन् ।

त्यहाँको संसदमा बोल्दै उनले ऋणको भार, डलर आम्दानीको कमी महामारीबाट अन्य प्रभावहरू र वस्तुहरूको लागि बढ्दो लागतका कारण देश टाट पल्टिएको जानकारी दिएका छन् । संसदमा बोल्दै उनले त्यहाँको आयल निगम अर्थात सिलोन पेट्रोलियम कर्पोरेशनको ७० करोड डलर ऋण रहेको र विश्वका कुनै पनि देश वा संस्थाले श्रीलंकालाई इन्धन दिन तयार नभएको बताएका छन् ।

तर यस्तो स्थितिका बाबजुत पनि श्रीलंकाको सेयर बजारमा भने हरियाली देखिएको छ । यो समाचार तयार गर्दासम्म कोलम्बो स्टक एक्सचेन्जको सूचक ४३.९४ अंकले बढेर ७५५६.०९ को बिन्दुमा उक्लिएको छ । अर्को अचम्मको कुरा के छ भने त्यहाँ बैंकहरुको ब्याज पनि उच्च छ । प्राइभेट बैंकहरुले ऋणीहरुबाट २८ प्रतिशत सम्म ब्याज लिने ठाउँमा सेयर बजार भने उकालो लागिरहेको छ ।

यस्तो हुनुमा त्यहाँका विशेल्षकहरुको पनि फरक फरक तर्क छ । कसैले नयाँ आउने सरकारले देशको अर्थतन्त्र सम्हाल्ने भएकाले बजारमा लगानी गर्ने समय यहि हो भनेर लगानी गरिरहेका छन् भनिरहेका छन् भने केहिले सबैतिर व्यापार व्यवसाय ठप्प भएका बेला लगानीकर्ताहरु सेयर बजारमा लालायित भई सेयर बजार बढिरहेको भनिरहेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK