काठमाडौं । सिद्धार्थ बैंकले ऋणपत्र निष्कासन गरेको छ । बैंकले असार १० गते शुक्रबारदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । सिद्धार्थले १० वर्ष अवधिको ‘एसबीएल डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र जारी गरेको हो ।
जसमध्ये २४ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ भने बाँकी १५ लाख २० हजार इकाई सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । यस्तै ८० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ । बैंकले वार्षिक १०.७५ प्रतिशत ब्याजदर दिने भएको छ । बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । उक्त ऋणपत्रमा असार १४ गतेसम्म आवेदन दिन पाइने भएको छ ।
उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने असार २४ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ । कम्पनीको उक्त ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्