Skip to content
LAXMI SUNRISE BANK

उदेकलाग्दो घटाईपछिको आशालाग्दो बजार बढोत्तरीलाई लगानीकर्ताले कसरी लिने ? यसो भन्छन् रामहरि नेपाल

सुप्रिया आचार्य

काठमाडौँ ।धेरैले सोचेका थिए- ‘तिलक कोइरालाको अनशन तोडिएपछि सेयर बजारको माहोल केहि सकारात्मक पक्कै हुनेछ ।’ सँगै आएका चौतर्फी सकारात्मक खबरले अव बजारमा कतै ‘लो’ लागिसकेको त होइन ? भन्ने चर्चा पनि भईनै रहेको थियो । यहिबीच जानकारहरुले पनि बजार धेरै तल आईसकेकाले अवको यात्रा माथि हुनुको विकल्प नरहेको बताउँदै थिए । नभन्दै बजारले आइतबार मज्जाको गति लियो । धेरैपछि यति ठुलो बढोत्तरी देखियो बजारमा । कारोबारको पहिलो दिन नै ९४.९२ अंकले बढेर नेप्से १९५६.९८ बिन्दुमा पुग्यो । र यसपछि बहस सुरु भएको छ, ‘के बजार फर्किएकै हो ?’
यस विषयमा सेयर लगानीकर्ता तथा पछिल्लो पुस्तामा निकै रुचाईएका सेयर बजार विश्लेषक रामहरी नेपालले अवको यात्रा बुलको नै रहेको दाबी गरेका छन् । ‘जुन सुकै रिभर्सल हुँदा पनि प्राय: बजार सरप्राइजिङ तरिकाले नै रिभर्स हुने गरेको इतिहास छ । बजारले बेलाबेला ठुलो सर्प्राइज दिन्छ । मान्छेहरुले किन र के कारणले बजार बढ्यो होला भन्दाभन्दै बजार बढ्छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै नेपालले भने- ‘उदाहरणका लागि- लगानीकर्ताको आन्दोलन टुंगोमा पुग्यो, खासमा आस्ति र आजमा मार्केटमा त्यस्तो परिवर्तन केहि पनि छैन । भर्खर त आइतबार कार्यान्वयन समितिको पहिलो बैठक बस्यो । अव सेन्टिमेन्ट सुधार हुन समय लाग्दैन भन्ने कुरा हो । बजार जे कारणले घटेपनि, घट्नुपर्ने भन्दा पनि धेरै घटेको थियो । प्राविधिक हिसावले हेर्ने हो भने पनि बजार १८८१ भन्दा पनि तल्लो विन्दुमा पुगेको थियो । जवकि १८८१ को बिन्दु आफैमा बलियो सपोर्ट थियो । यहि कुरा थाहा पाएर बजार बढ्दै गर्दा भोलिको दिनमा किन्ने अवसर कम हुँदै जान्छन् भन्ने हिसावले पनि धेरैले सेयर किनेको हुनुपर्छ ।’
प्राविधिक रुपमा आजबाट नै बजारको ट्रेन्ड रिभर्स भएको हो त ? भन्ने हाम्रो प्रश्नमा उनी त्यसो भन्न नमिल्ने र अवको केहि रेसिस्टेन्सहरु ब्रेक हुन जरुरी रहेको बताउँछन् । ‘पहिलो रेसिसटेन्समा बजार पुगेको छैन भनेपछि ९४ अंकबाट ट्रेड रिभर्स भयो भन्न अलि उपयुक्त नहुन सक्छ । किनकि यो भन्दा आगाडी अप्रिलमा पनि ३ दिन लगातार बजार बढ्दा पनि त्यो सेन्टिमेन्ट नेगेटिभ आएको हामीले बिर्सनु हुँदैन । हेर्दै जाउँ- ‘आजसम्मचाहिं बजार बियर मार्केटकै करेक्सन भन्नुपर्छ ।’ उनले भने ।
सेयर बजारमा लगानीकर्ताको सेन्टिमेन्ट सकारात्मक भएकै कारणले बजार बढेको तर्क सत्य भएको बताउंदै उनले अब २ दिन जति २० देखि ५० अंक ले बजार बढ्यो भने लगभग त्यसपछि बजारले गति लिने बताएका छन् ।
धेरैले अहिलेको बजारमा आजको बढोत्तरी पनि बजार बढिहाल्छ भन्न मिल्ने खालको बजार नभएको तर्क गरिरहेका बेला हामीले यहि प्रश्न नेपाललाई राखेका थियौं । ‘आखिर अवको बजारको याता कता जाने देखिनुभएको छ ?’ हाम्रो प्रश्नमा उनी भन्छन्- ‘बजार बियर मार्केट हो भन्ने कुरा फिक्स नै हो। बियरपछि बुल नै आउने हो । अवको बजार यात्रा बुलतिरकै हो।’
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK