बुटवल । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताहरुको आकर्षण बढिरहेका बेला बुटवलमा पनि सेयर तालिम सम्पन्न भएको छ । बुटवल जेसिस र अर्थ सरोकारको संयुक्त आयोजनामा बुटवलमा सो तालिम आयोजना भएको हो ।
कार्यक्रममा १४६ बढी सहभागीहरु उपस्थित थिए । साथै सेयर बजारका प्रिय पात्र शिव चन्द्र डोन र हरि ढकालको पनि उपस्थित रहेको थियो । सो तालिममा सुबास चन्द्र भट्टराईले आफ्नो प्रस्तुती दिएका थिए भने कार्यक्रममा अर्थ सरोकारका सम्पादक सुरज प्याकुरेल सहजकर्ताका रुपमा थिए ।
कार्यक्रमपछि लगानीकर्ताले सेयर तालिम निकै उपयोगी भएको बताएका थिए । अर्थ सरोकारले यहि साउन १ गते काठमाडौँमा पनि यस्तै सेयर तालिम संचालन गर्दैछ । सो निःशुल्क तालिममा सहभागी हुन अर्थ सरोकारको मोबाइल एप डाउनलोड गरी सेयर ट्रेनिङ लेखिएको ठाउँमा गई आफ्नो नाम दर्ता गराउन सकिनेछ ।
हेरौं कार्यक्रमका खास झलक: